Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त

एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त

  • शुक्रवार, भाद्र १४ २०८१

  • 659
    SHARES

  • एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त

    काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ ।

    बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । अर्याललाई पर्सि १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

    मुख्यसचिवमा नियुक्त अर्याल अहिले गृह सचिव हुनुहुन्छ । उहाँ वरीयताक्रममा चौथो नम्बरमा हुनुहुन्थ्यो । अर्याल करिब १५ महिना मुख्य सचिव रहनुहुनेछ । अहिले मुख्य सचिव रहनुभएकी लीलादेवी गड्तौला उमेर हदका कारण आज अवकाश पाउँदै हुनुहुन्छ ।

    नवनियुक्त मुख्यसचिव एकनारायण अर्याल २०४६ माघदेखि नायव सुब्बाबाट सरकारी सेवामा प्रवेश गर्नुभएको हो । उहाँले यसअघि विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन र स्थानीय तहमा रहेर काम गरिसक्नुभएको छ ।


    शुक्रवार, भाद्र १४ २०८१०८:०७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij