Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

ओली–देउवाविरुद्ध नारा लगाएका यूवा पक्राउ पर्नु दुखद्

ओली–देउवाविरुद्ध नारा लगाएका यूवा पक्राउ पर्नु दुखद्

  • बुधवार, भाद्र १२ २०८१

  • 663
    SHARES

  • ओली–देउवाविरुद्ध नारा लगाएका यूवा पक्राउ पर्नु दुखद्

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गौरा पर्वको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध आवाज उठाएका युवाहरूलाई पक्राउ गरिएको भन्दै विरोध गर्नुभएको छ ।

    बुधवारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उहाँले पक्राउ परेका युवाहरूको रिहाइको माग गर्नुभएको छ ।

    ‘गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरूले विरोध भाषण गरे । यसलाई अराजकता अनेक बहाना लगाएर भिडियो फुटेज हेरेर युवा साथीहरूलाई हिरासतमा राख्न थालेको छ यो गलत छ‚’ उहाँले भन्नुभयो।

    युवाले राखेको विरोध राज्यले सुन्न सक्नु पर्ने भनाइ उहाँको थियो । ‘सिंहदरबारभित्रको बेइमानहरूलाई खबरदारी गर्दा समाउन पाउँदैन । विभिन्न जिल्लामा स्ट्याटस लेखेको भरमा समाउन थालेको भन्ने कुरा छ । कमिलाको उड्ने बेलामा प्वाँख पलाए जस्तो नहोस्‚’ उहाँले थप्नुभयो ।


    बुधवार, भाद्र १२ २०८१०१:४८:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij