Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

रास्वपाका नेता विराजभक्त आक्रोशित

रास्वपाका नेता विराजभक्त आक्रोशित

  • बुधवार, भाद्र १२ २०८१

  • 417
    SHARES

  • रास्वपाका नेता विराजभक्त आक्रोशित

    काठमाडौं । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पदीय मर्यादा धान्न नसक्ने व्यक्तिलाई राजदूत नियुक्तिका कारण नेपालको छवि अन्तर्राष्ट्रिय समुदायमा गिरेको बताउनुभएको छ ।

    बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले अस्थिर राजनीतिले देशको छवि खस्किएको र सरकार परिवर्तनको प्रभाव राजदूत नियुक्तिमा देखिनु दुःखद भएको बताउनुभयो । श्रेष्ठले राजदूत नियुक्ति निर्देशिका २०७५ पालना नगरी राजदूत नियुक्ति गर्दा त्यस्तो भएको बताउनुभयो ।

    ‘राजदूत लामो समय नियुक्त भएन । दुइ ठूला दल मिलेर सरकार बनेपनि राजदूत नियुक्ति ढिलाइ किन भएको हो ? भागवण्डाले हो ?‚’ उहाँले भन्नुभयो। सांसद श्रेष्ठले राजदूत पद राजनीतिक भर्तिक केन्द्र नभएको भन्दै राजदूत दलको हुन्छ देशको भन्ने प्रश्न गर्नुभो ।

     


    बुधवार, भाद्र १२ २०८१०१:४०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij