Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

नेकपा एसको पदाधिकारी निर्वाचनको मतपरिणाम सार्वजनिक, महिला उपाध्यक्षमा झाँक्री पराजित

नेकपा एसको पदाधिकारी निर्वाचनको मतपरिणाम सार्वजनिक, महिला उपाध्यक्षमा झाँक्री पराजित

  • बुधवार, भाद्र १२ २०८१

  • 830
    SHARES

  • नेकपा एसको पदाधिकारी निर्वाचनको मतपरिणाम सार्वजनिक, महिला उपाध्यक्षमा झाँक्री पराजित

    काठमाडौं । नेकपा एसको पदाधिकारीका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ ।

    उपाध्यक्षहरुमा गंगालाल दुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी, प्रकाश ज्वाला र जयन्ती राई विजयी भए । तुलाधर १८९, खतिवडा १५१, ज्वाला १४५ र भानुभक्त जोशी १५६ मत ल्याएर विजयी भएका हुन् ।

    महिला उपाध्यक्षमा जयन्ती राई १८९ मत पाएर विजयी हुँदा रामकुमारी झाँक्री पराजित हुनुभयो । झाँक्रीले ११२ मत मात्रै पाउनुभयो । यस्तै उपाध्यक्ष मधेशी कलस्टरमा धर्मनाथप्रसाद साह विजयी हुनुभयो । उहाँले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत प्राप्त गर्नुभयो।

    उपमहासचिवमा मेटमणि चौधरी १५८ मतसहित विजयी हुनुभयो । रामकुमार खड्का र गरिमा शाह समान १०७ मत पाएर विजयी हुँदा राजेन्द्र राईले १०६ मतसहित विजयी हाँसिल गर्नुभयो।

    सचिवमा श्रीनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, र सावित्री कुमारी भुसाल बिजयी भएका छन्। पाँच सविचका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए।

    पदाधिकारीको सकिएसँग अब पोलिटब्युरोको मत गणना गर्न बाँकी छ। दिउँसो १२ बजे पछि मात्रै पोलिटब्युरोको मतगणना हुने निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिनुभयो।


    बुधवार, भाद्र १२ २०८१०८:१७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij