Nov 17 2026 | २०८३, मंसिर २ गते

२०८३, मंसिर २ गते
  • यो साता चर्चामा :
images

आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज साढे ३ घण्टाका लागि बन्द हुने

आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज साढे ३ घण्टाका लागि बन्द हुने

  • सोमवार, भाद्र १० २०८१

  • 527
    SHARES

  • आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज साढे ३ घण्टाका लागि बन्द हुने

    तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गतको आँबुखैरेनी–मुग्लिन सडकखण्ड साढे ३ घण्टाका लागि बन्द गरिएको छ।

    जिल्ला प्रशासन कार्यालय तनहुँले सार्वजनिक सूचना जारी गर्दै आज बिहान साढे ६ बजेदेखि १० बजेसम्म उक्त खण्डमा सवारी आवागमन बन्द गरिएको जनाएको छ।

    शुक्रबार ऐना पहरा नजिकै दुर्घटनामा परेको भारतीय बस निकाल्नका लागि सवारी आवागमन बन्द गर्न लागिएको प्रशासकीय अधिकृत मैताबहादुर गुरुङले जानकारी दिनुभयो ।

    दुर्घटनाग्रस्त बस निकाल्न ठूला मेसिनरी उपकरण प्रयोग गर्नुपर्ने भएकाले सवारी पूर्ण रूपमा बन्द गरिएको उहाँको भनाइ छ।

    बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए।


    सोमवार, भाद्र १० २०८१०७:५०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij