Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एनआरएनएको नयाँ अभ्यास, अमेरिकामा नेपाली नागरिकता आयोग गठन

एनआरएनएको नयाँ अभ्यास, अमेरिकामा नेपाली नागरिकता आयोग गठन

  • सतीश चापागाईं
  • शुक्रवार, भाद्र ७ २०८१

  • 863
    SHARES

  • एनआरएनएको नयाँ अभ्यास, अमेरिकामा नेपाली नागरिकता आयोग गठन

    काठमाडौं । गैरआवाशिय नेपाली संघ (एनआरएनए) अमेरिकाले अध्यक्ष डा. अर्जुन बन्जाडेको नेतृत्वमा नागरिकता आयोग २०२४ गठन गरेको छ। प्रवक्ता राजन पन्तले नव गठित आयोगमा एनआरएनए अमेरिकाका पूर्व अध्यक्षहरु र यस क्षेत्रमा विगतमा काम गरेका व्यक्तित्वहरु समावेश गरिएको जानकारी दिएका छन् ।

    प्रवक्ता पन्तले आयोगको सदस्य सचिवमा गोपेन्द्र भट्टराई रहेको उल्लेख गरेका छन्। आयोगमा अरु सबै सदस्य रहेका छन् ।

    सदस्यहरुमा डाक्टर अम्बिका अधिकारी, श्री पूर्ण अधिकारी, डाक्टर रुद्र अर्याल, सुश्री दिक्षा बस्नेत, हरिबोल भण्डारी, आनन्द बिष्ट, खगेन्द्र जीसी, रतन झा, गौरी जोशी, डा. श्याम कार्की, प्रल्हाद केसी, तिलक केसी, डा. विष्णुमाया परियार, डा. दामोदर पौडेल, डा. केशव पौडेल, डा आमोद पोखरेल, शिव राई, सुनील साह, डा। पुरु श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, तारा सिग्देल, बुद्धी सुवेदी, मोहन थापा, सञ्जय थापा, रविना थापा, सुमन तिम्सिना रहेका छन् ।

    आयोगले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका लागि वकालत गर्ने र नेपाली नागरिकताले ‘एकपटक नेपाली, सधैं नेपाली’ को सिद्धान्तलाई यथार्थमा झल्काउने सुनिश्चित गर्न आवश्यक संवैधानिक संशोधनका लागि लबी गर्ने बताईएको छ। “सरोकारवाला सबै पक्षलाई साथ दिन आग्रह गर्दछौं ।” सार्बजनिक प्रेस विज्ञप्तिमा भनिएको छ ।




    शुक्रवार, भाद्र ७ २०८१०८:५४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij