Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री ओली र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्षबीच भेटवार्ता

  • शुक्रवार, भाद्र ७ २०८१

  • 402
    SHARES

  • प्रधानमन्त्री ओली र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्षबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँग भएको छलफल र सहमतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको छ।

    अर्थ मन्त्रालय चिनियाँ पक्षबीच काठमाडौँ चक्रपथको कलङ्कीदेखि बसुन्धरा महाराजगञ्जसम्मको ८ दशमलव २ किलोमिटर सडक निर्माण, हिल्सा–सिमिकोट सडकखण्डलाई दुई लेनमा स्तरोन्नति, मुस्ताङको कोरला नाकामा आइसिपी र आइसिडी निर्माण र अरनिको राजमार्गको मर्मत सुधार तथा पहिरो नियन्त्रणसम्बन्धी कार्यको सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी चार वटा छुट्टाछुट्टै सहयोग आदानप्रदानसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो।


    शुक्रवार, भाद्र ७ २०८१०७:४०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij