Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

संसदीय छानबिन विशेष समितिले आज रवि लामिछानेको बयान लिँदै

संसदीय छानबिन विशेष समितिले आज रवि लामिछानेको बयान लिँदै

  • शुक्रवार, भाद्र ७ २०८१

  • 561
    SHARES

  • संसदीय छानबिन विशेष समितिले आज रवि लामिछानेको बयान लिँदै

    काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि आज बोलाएको छ।

    गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई समितिले दिउँसो २ बजे सोधपुछका लागि बोलाएको हो।

    लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समिति सभापति सूर्य थापाले जानकारी दिनुभयो।

    लामिछानेसँगै सञ्चालक छविलाल बन्जाडे जोशीलाई पनि आज नै सोधपुछका लागि बोलाइएको छ। लामिछानेलाई बिहान ११ बजे बोलाइएको समितिले जनाएको छ।


    शुक्रवार, भाद्र ७ २०८१०७:०७:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij