Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

वर्तमान सरकारले इच्छाशक्ती देखाएर काम गरे सबै संभव छ: दीपकुमार उपाध्याय

वर्तमान सरकारले इच्छाशक्ती देखाएर काम गरे सबै संभव छ: दीपकुमार उपाध्याय

  • बिहिवार, भाद्र ६ २०८१

  • 608
    SHARES

  • वर्तमान सरकारले इच्छाशक्ती देखाएर काम गरे सबै संभव छ: दीपकुमार उपाध्याय

    काठमाडौं । नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले दुई ठुला दलको समिकरणको सरकारले इच्छाशक्ती देखाएर र कर्तव्यबोध भएर काम गर्नुपर्ने बताउनुभएको छ ।

    विगतमा भएका कमिकमजोरी सुधार गरेर देश र जनाको हितमा सोचेर काम गरेर देखाउनु अहिलेको वर्तमान सरकारको पहिलो दायित्व भएको उहाँले स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै भारतका लागि नेपालका पूर्वराजदुतसमेत रहनुभएका नेता उपाध्यायले अहिलेको सरकारबाट जनताले धेरै आस गरेकाले इच्छाशक्ती देखाएर, संकल्पका साथ सरकार अगाडि बढ्यो भने विकाशका सबै कामहरु संभव भएको बताउनुभयो ।

    देशमा देखिएका हरेक समस्याको निराकणका लागि सबैभन्दा पहिला नेतृत्वतहमा रहेका व्यक्तिहरु नै आफू सुध्रिनुपर्नेमा जोड दिदै उहाँले व्यापक भ्रष्टाचार, बेथिती र अनियमिततालाई नजरअन्दाज नगरी किन र के–कारणले यस्तो अवस्था आयो, यसको समाधान गर्न के–के गर्नुपर्छ भन्नेलगायतका कुराहरुमा ध्यान दिएर काम गर्नुपर्ने उहाँको सुझाव रहेको छ ।


    बिहिवार, भाद्र ६ २०८१०७:१२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij