Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु

माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु

  • बुधवार, भाद्र ५ २०८१

  • 619
    SHARES

  • माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु

    काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु भएको छ। हालै बसेको स्थायी कमिटीको बैठकको निर्णय अनुसार आज बागमती प्रदेशबाट परामर्श समितिको बैठक सुरु भएको हो।

    बैठक अहिले पार्टी कार्यालय पेरिसडाँडामा जारी छ। भोलिसम्म चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङसहित उपमहासचिवसहित प्रदेशका पदाधिकारीहरू सहभागी छन् ।

    बैठकअघि छलफलको विषय टुंग्याउन अध्यक्ष प्रचण्डले पदाधिकारी बैठक राखेका थिए। पदाधिकारी बैठकपछि परामर्श समितिको बैठक सुरु भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।

    माओवादी सत्ताबाट बारिएपछि संगठन निर्माणको तयारीको लागि श्रृंखलबद्ध बैठकमा छ। यसअघि पदाधिकारी र स्थायी कमिटी बैठक बसेर आगामी रणनीतिबारे छलफल गरेको माओवादीले परामर्श समितिको सातै प्रदेशमा बैठक बसेपछि केन्द्रीय कमिटी बैठक बस्ने तयारी गरेको छ।

    परामर्श समितिको बैठकमा पनि उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटीमा पेश गरेको प्रस्तावबारे छलफल हुने जनाइएको छ।


    बुधवार, भाद्र ५ २०८१०१:५८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij