Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट

परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट

  • मंगलवार, भाद्र ४ २०८१

  • 710
    SHARES

  • परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट

    काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभएको छ ।

    नयाँ दिल्लीमा रहेको प्रधानमन्त्री निवासमा भएको भेटमा परराष्ट्रमन्त्री राणा र प्रधानमन्त्री मोदीबीच नेपाल–भारत सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको छ । साथै मन्त्री राणाले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ ।

    भेटपछि सामाजिक सञ्जाल ट्वीटरमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तोपत्र मोदीलाई हस्तान्त्ररण गरेको जानकारी दिनुभएको छ ।

    भेटका क्रममा नेपाल–भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

    नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री ओलीका तर्फबाट शुभकामनासमेत सुनाउनुभएको उल्लेख छ ।

    मोदीले निमन्त्रणाप्रति धन्यवाद व्यक्त गर्दै चाँडै नै नेपाल भ्रमणमा आउने इच्छा व्यक्त गर्नुभएको छ । त्यसअघि हिजो मन्त्री डा।राणाले भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गर्नुभएको थियो ।

    भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा मन्त्री राणा आइतवार भारतको औपचारिक भ्रमणमा जानुभएको हो । उहाँ पर्सि भदौ ६ गते स्वदेश फर्कनुहुने तालिका छ ।


    मंगलवार, भाद्र ४ २०८१०८:५०:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij