Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सहकारी ठगी प्रकरणमा रास्वपाका सहमहामन्त्रीसँग बयान

सहकारी ठगी प्रकरणमा रास्वपाका सहमहामन्त्रीसँग बयान

  • आइतवार, भाद्र २ २०८१

  • 867
    SHARES

  • सहकारी ठगी प्रकरणमा रास्वपाका सहमहामन्त्रीसँग बयान

    काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सह–महामन्त्री विपीन कुमार आचार्यसँग ‘सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ले बयान लिएको छ ।

    आइतबार समितिको बैठकमा उपस्थित भएर उनले बयान दिएका हुन् । आचार्यले गोर्खा मिडियाका लागि कास्कीको पोखरास्थित सुप्रिम सहकारीबाट एक करोड ५६ लाख १५ हजार रुपैयाँ लिएको आरोप लागेको छ ।

    समितिले कार्यविधिअनुसार विभिन्न सहकारीको वचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूसँग बयान लिँदै आएको छ । समितिले अब बयान लिने क्रम अन्तिम चरणमा पुगेको भन्दै त्यसपछि प्रतिवेदन लेखनमा केन्द्रित हुने जनाएको छ ।

     


    आइतवार, भाद्र २ २०८१०१:५७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij