Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जाँदै

  • आइतवार, भाद्र २ २०८१

  • 488
    SHARES

  • परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जाँदै

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारत भ्रमणमा जाने हुनुभएको छ ।

    परराष्ट्र मन्त्रालय श्रोतका अनुसार परराष्ट्रमन्त्री राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा आजदेखि पाँचदिने भारतको औपचारिक भ्रमणमा जान लाग्नुभएको हो ।

    भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्तामा नेपाल भारत सम्बन्धलाई थप सुमधुर बनाउन, सहयोग अभिवृद्धि गर्न र पारस्पारिक हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    मन्त्री राणाको यस भ्रमणले नेपाल भारतबिचको सदियौंदेखिको पुरानो, गहिरो र बहुआयमिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने जनाइएको छ । मन्त्री राणा भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

     


    आइतवार, भाद्र २ २०८१०७:५६:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij