काठमाडौं । साफ यू–२० च्याम्पियनसिप २०२४ आजदेखि काठमाडौंमा सुरु हुने भएको छ।
एन्फा मैदानमा दिउँसो ३ बजे हुने उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकाको सामना गर्नेछ। प्रतियोगिताका लागि नेपालले लगभग ४० दिन प्रशिक्षण गरेको थियो भने चर्च ब्वाइजसँग ३ वटा अभ्यास खेल खेलेको थियो।
घरेलु मैदानमा नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ। नेपालले अन्डर एटिन र अन्डर नाइन्टिन साफ च्याम्पियनसिप जिते पनि यू–ट्वेन्टी उमेर समूहको प्रतियोगिता भने जित्न सकेको छैन। हिजो भएको प्रि–म्याच कन्फरेन्समा सहभागी सबै ६ देशले आफ्नो टोली च्याम्यिन बन्ने दाबी गरेका छन्।
फाइनल भने भदौ १२ गते हुने तालिका छ।