Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

अमेरिकी उपविदेशमन्त्री रिचार्ड र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

अमेरिकी उपविदेशमन्त्री रिचार्ड र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

  • शुक्रवार, श्रावण ३२ २०८१

  • 494
    SHARES

  • अमेरिकी उपविदेशमन्त्री रिचार्ड र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

    काठमाडौं । शुक्रबार काठमाडौं ओर्लनेबित्तिकै अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माले राजनीतिक भेटघाट थाल्नुभएको छ ।

    अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री बर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा शुक्रबार दिउँसो भेट्नुभएको हो ।

    प्रधानमन्त्री ओलीसँग बर्माको आर्थिक विकास, महिला सशक्तिकरण, ऊर्जा क्षेत्रमा सहकार्य सम्भावना लगायत विषयमा कुराकानी भएको छ ।

    भेटमा प्रधानमन्त्री ओलीले अमेरिकामा हुन गइरहेको राष्ट्रपति चुनावका बारेमा सामान्य चासो राखेको बुझिएको छ ।

    बर्माले प्रधानमन्त्री बाहेक अरु दलका नेता, सरकारी अधिकारीहरु, नागरिक समाजका सदस्यहरुलाई पनि भेट्ने कार्यक्रम छ ।

    नेपालमा अघिल्लो महिना सत्ता परिवर्तन भएसँगै अमेरिकी कुटनीतिक तहबाट भएको यो सबैभन्दा माथिल्लो तहको भ्रमण हो । बर्मा दक्षिण एसियाका बारेमा राम्रो जानकारी राख्ने अधिकारी मानिन्छन् ।

    बर्माको भ्रमणमण्डल नेपाल हुँदै भारत पुग्नेछ ।


    शुक्रवार, श्रावण ३२ २०८१०२:०६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij