Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

इन्धनको मूल्य घट्यो

इन्धनको मूल्य घट्यो

  • शुक्रवार, श्रावण ३२ २०८१

  • 812
    SHARES

  • इन्धनको मूल्य घट्यो

    काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।

    निगमले पेट्रोलमा ५ र मट्टीतेल तथा डिजलमा ३ रुपैयाँ मूल्य घटाएको हो। आज बिहान १ बजेदेखि नयाँ मूल्य लागू हुने निगमले जानकारी दिएको छ।

    घटेको मूल्य अनुसार काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजेल तथा मट्टितेल १५५ रुपैयाँ कायम भएको छ।

    चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजेल र मट्टितेल १५२ रुपैयाँ कायम भएको छ। त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजेल तथा मट्टितेल १५४ रुपैयाँ कायम भएको जनाइएको छ।


    शुक्रवार, श्रावण ३२ २०८१०७:४०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij