काठमाडौं । आइतबारबाट परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले भारतको भ्रमण सुरु गर्नुहुने भएको छ। तीन दिने भारत भ्रमणमा मन्त्री राणाले भारतीय समकक्षी डाक्टर एस. जयशंकरसँग भेटघाट गर्नुहुनेछ ।
भारतीय प्रधाधनमन्त्री नरेन्द्र मोदीसँग भने भेट हुने वा नहुनेबारेमा भने केही नखुलेको परराष्ट्र मन्त्रालाय स्रोतले जनाएको छ । यद्यपी, परराष्ट्र मन्त्रालायबाट भारत भ्रमणको औपचारिक जानकारी भने सार्वजनिक भएको छैन ।
केही दिन अगाडि भारतीय विदेश सचिव विजय मिश्री नेपाल आएका थिए । उनैको निमन्त्रणामाा राणा भारत जान लागेको बताइएको छ ।