Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सेतीनदी जलविद्युत् आयोजनाको यान्त्रिक परीक्षण सुरु

सेतीनदी जलविद्युत् आयोजनाको यान्त्रिक परीक्षण सुरु

  • बिहिवार, श्रावण ३१ २०८१

  • 750
    SHARES

  • सेतीनदी जलविद्युत् आयोजनाको यान्त्रिक परीक्षण सुरु

    कास्की । भिजल लुम्बिनी ऊर्जा कम्पनीको २५ मेगावाटको सेतीनदी जलविद्युत् आयोजनाको यान्त्रिक परीक्षण सुरु भएको छ।
    कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो ।

    आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगत पोखरेलले जानकारी दिनुभयो । “आयोजनाको निर्माणतर्फका सबै काम सकिएकोले पेनस्टक पाइपमा पानी हाल्न थालिएको हो। त्यसपछि पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने काम सुरु हुन्छ”, पोखरेलले भन्नुभयो ।

    ‘यान्त्रिक परीक्षणको काम सकिएको दुई साताभित्रमा परीक्षण उत्पादन सुरु हुने कम्पनीले जनाएको छ । त्यसपछि आयोजनाको व्यावसायिक उत्पादन हुनेछ । सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी सेतीको पानी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिने छ ।

    पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुईवटा टर्वाइनमा खसालिने छ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ ।

    कम्पनीका अध्यक्ष पोखरेलले आयोजना सम्पन्न गर्नका लागि स्थानीयवासी तथा स्थानीय सरकारलगायतबाट सहयोग मिलेको बताउनुभयो । उहाँले स्थानीयवासीको सानासाना लगानीले आयोजना निर्माण भएको पनि जानकारी दिनुभयो। उहाँका अनुसार यस आयोजनामा एक हजार पाँच सय जना प्रवर्द्धकको लगानी छ । पारदर्शी रूपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका थियौँ, उत्पादन सुरु भएसँगै अब छिट्टै सफलता मिल्दैछ ।”

    सेती नदी जलविद्युत् आयोजनामा रु पाँच अर्ब बढी लगानी भएको छ । यसमा चार अर्ब ५ करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिएको आयोजनाका निर्देशक लेखनाथ पाण्डेले जानकारी दिनुभयो । सेती नदी जलविद्युत आयोजना विसं २०७७ को अन्तिमदेखि काम सुरु भएको हो ।


    बिहिवार, श्रावण ३१ २०८११०:०७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij