काठमाडौँ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ ।
बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहालले दिने कार्यक्रम रहेको छ ।
गत शुक्रबारदेखि जारी बैठकमा नेतृत्वको विकल्प, विचार संश्लेषण, पार्टी निर्माण लगायत विषयमा नेताहरूले खुलेर बहस गरिरहेका छन् ।
बैठक आजै समापन गर्ने तयारीसमेत रहेको छ ।