Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

टीआरसी विधेयक पारितको संघारमा हुँदा खुसी छुँ : प्रधानमन्त्री ओली

टीआरसी विधेयक पारितको संघारमा हुँदा खुसी छुँ : प्रधानमन्त्री ओली

  • बुधवार, श्रावण ३० २०८१

  • 967
    SHARES

  • टीआरसी विधेयक पारितको संघारमा हुँदा खुसी छुँ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसीको विषयमा नेपालले दृष्टान्तयोग्य सफलता प्राप्त गर्न लागेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकलाई बुधबार सम्बोधन गर्दै ओलीले छोटो अवधिभित्र नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दिन लागिएको बताउनुभयो ।

    ‘हामी छोटो अवधिभित्र नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश हामी दिन सफल हुनेछौँ’, उहाँले भन्नुभयो, ‘यसकारण मैले आफ्नो खुसी व्यक्त गर्न खोजेको हुँ ।’

    उहाँले २०१८ मा संयुक्त राष्ट्रसंघमा बोल्दा आफूलाई यतिचाँडो टीआरसीको विषयमा टुंगोमा पुग्लाजस्तो नलागेको बताएको स्मरण गर्नुभयो । तर त्यतिबेला पनि आफूले महासभामा ‘आफ्नो ठाउँमा आफ्नै उपजको रुपमा शान्ति प्रक्रियालाई अघि बढाएको र टुंगोमा पुर्याउँछौँ’ भनेको स्मरण गर्नुभयो ।

    उहाँले दलहरुबीच सहमति भएर संसदमा विधेयक पेस भएकाले अब छलफलपछि सहजै पारित हुने विश्वास व्यक्त गर्नुभयो । ‘विधेयक यहाँ छलफल भएपछि पारित हुन्छ । हामी यस सन्दर्भमा दृष्टान्तयोग्य सफलता प्राप्त गर्दैछौँ’, उहाँले भन्नुभयो ।

     


    बुधवार, श्रावण ३० २०८१०२:१४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij