काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ।
संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक ‘फाष्ट ट्रयाक’बाट पारित गर्ने प्रयोजनको लागि आज संसद् बैठक बस्न लागेको हो। बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।
संक्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा दफावार छलफलपछि संसदीय समितिले तयार पारेको प्रतिवेदन मंगलबारको प्रतिनिधि सभा बैठकमा पेस भइसकेको छ।