Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

२० वर्षको आसपास विवाह गरेर छिटो सन्तान जन्माउनु : प्रधानमन्त्री ओली

२० वर्षको आसपास विवाह गरेर छिटो सन्तान जन्माउनु : प्रधानमन्त्री ओली

  • मंगलवार, श्रावण २९ २०८१

  • 642
    SHARES

  • २० वर्षको आसपास विवाह गरेर छिटो सन्तान जन्माउनु : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूका लागि उद्यमशीलतामा विकास गर्न सरकारले योजना बनाइरहेको बताउनुभएको छ ।

    अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धेरैलाई रोजगारी दिन साना साना उद्यमशीलताका कार्यक्रमसहित विकासको लहर ल्याउन सरकारले सोचिरहेको जानकारी दिनुभएको हो।

    देशमा रोजगारी र अवसर राम्रो नहुँदा युवाहरू विदेशिने क्रम चलेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्न सक्ने खतरा रहेकाले युवाहरूले यसका लागि सोच्नुपर्ने बताउनुभयो । उहाँले हाल जनसङ्ख्या वृद्धि दर पनि न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरूलाई आग्रह गर्नुभयो ।

    प्रधानमन्त्री ओलीले हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेकामा वर्षमा दुई प्रतिशतका दरले गरिबी घटाउन सक्नुपर्ने बताउनुभयो ।


    मंगलवार, श्रावण २९ २०८१०५:२४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij