Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

हवाई दुर्घटनामा गम्भीर बनौँ : सोविता गौतम

हवाई दुर्घटनामा गम्भीर बनौँ : सोविता गौतम

  • मंगलवार, श्रावण २९ २०८१

  • 604
    SHARES

  • हवाई दुर्घटनामा गम्भीर बनौँ : सोविता गौतम

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले हवाई दुर्घटनामा गम्भीर हुन सरकारलाई आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उहाँले यसअघि नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयक तत्काल अघि बढाउन माग गर्नुभयो ।

    ‘ईयूको कालोसूचीमा पर्नुदेखि अहिले भएका सबै घटनाले हाम्रो नियामक निकाय असफल भइसकेको पुष्टि भएको छ’ उहाँले भन्नुभयो, ‘अघिल्लो पटक नागरिक उड्डयन प्राधिकरणलाई अलग गर्ने विधेयक आएको थियो । तर अलपत्र भएको छ ।’

    उहाँले प्रधानमन्त्रीलाई यो विधेयक ल्याउन माग गर्नुभयो । जनताको मृत्यु भनेको सत्ताको खेलमा आहुति दिने कुरा नभएको भन्दै उहाँले हवाई दुर्घटनामा गम्भीर हुन आग्रह गर्नुभयो । गौतमले हवाई सेवा प्रदायक निकाय र नियामक निकायलाई अलग गराउने कार्य तत्काल होस् भनी माग गर्नुभयो ।

     


    मंगलवार, श्रावण २९ २०८१०२:०३:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij