Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

  • मंगलवार, श्रावण २९ २०८१

  • 445
    SHARES

  • प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।

    आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ।

    यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउनेछन् भने पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची छ।

    यस्तैगरी कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ सदनमा पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

    गत साउन २४ गते बसेको समिति बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको थियो।

    २०७९ साल फागुन २५मा संसदमा दर्ताका विवादित विषयहरु गत असार १३ असारमा बनाएको शीर्ष तीनको कार्यदलले टुंग्याएको थियो। विधेयकलाई अब संसदबाट पारित गर्ने तयारी सरकारको रहेको छ।


    मंगलवार, श्रावण २९ २०८१०७:३६:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij