Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

‘आफ्नो सम्पतिबाट बचतकर्ताको रकम फिर्ता गर्ने प्रबन्ध मिलाइदिनु’

‘आफ्नो सम्पतिबाट बचतकर्ताको रकम फिर्ता गर्ने प्रबन्ध मिलाइदिनु’

  • सोमवार, श्रावण २८ २०८१

  • 596
    SHARES

  • ‘आफ्नो सम्पतिबाट बचतकर्ताको रकम फिर्ता गर्ने प्रबन्ध मिलाइदिनु’

    काठमाडौं । सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय विशेष समितिको छानबिन अन्तिम चरणतिर पुगेको छ । केही दिनयता समितिले बचतकर्ताको रकम दुरुपयोग गर्ने सहकारीका सञ्चालकलगायतसँग सोधपुछ गरिरहेको छ ।

    आज सुमेरू वचत तथा ऋण सहकारी संस्था लिमिटेड पुल्चोकका शेयर सदस्य राजबहादुर सिंहसँग सोधपुछ गरिएको समितिका सभापति सूर्य थापाले जानकारी दिनुभयो ।

    सिंहले आफ्नो निजी सम्पत्तिबाट समेत बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गरी विश्वासको वातावरण सिर्जना गरेर सहकारी संस्थाको पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ सञ्चालक समूह आएको जानकारी गराएका छन् ।

    सुमेरु सहकारीले यसअघि सुमेरु ग्रुपको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रतवद्धता गरेको थियो ।

    सुमेरुले प्रदेश रजिष्ट्रारको कार्यालयमा पेश गरेको वित्तीय विवरणअनुसार ८ अर्ब बढी दायित्व र १० अर्ब सम्पत्ति छ ।


    सोमवार, श्रावण २८ २०८१०२:२५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij