Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता

अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता

  • सोमवार, श्रावण २८ २०८१

  • 358
    SHARES

  • अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    अर्थ मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच आर्थिक तथा विकास सहायता, चालू आयोजनाको तीव्रता, दुई देशबिचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको थियो ।

    भारतीय विदेश सचिव मिस्री दुई दिने भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुगेका थिए । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्माओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार नै शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।


    सोमवार, श्रावण २८ २०८१०२:१३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij