Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

रास्वपाले बोलायो संसदीय दलको बैठक

रास्वपाले बोलायो संसदीय दलको बैठक

  • सोमवार, श्रावण २८ २०८१

  • 357
    SHARES

  • रास्वपाले बोलायो संसदीय दलको बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ ।

    बैठक साउन २९ गते मङ्गलवार बिहान साढे दश बजे बस्ने गरी बोलाएको सांसद मनिष झाले जानकारी दिनुभयो । उहाँका अनुसार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा पाँच वटा विषयमा छलफलका हुनेछ ।

    जसमा समसामयिक राजनीतिक घटनाक्रम,प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधिसभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकका सम्बन्धमा, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक र विविध विषय छलफलका एजेन्डा छन् ।


    सोमवार, श्रावण २८ २०८१०२:०९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij