Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगे

भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगे

  • आइतवार, श्रावण २७ २०८१

  • 589
    SHARES

  • भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगे

    काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुग्नुभएको छ ।

    विदेश सचिव मिश्रीलाई विमानस्थलमा नेपाली समकक्षी सेवा लम्सालले स्वागत गर्नुभएको हो। उहाँले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यस्तै सचिव मिश्रीले भोलि ११ बजे परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    विदेश सचिवमा नियुक्त भएपछि छिमेकी मुलुकहरुको भ्रमणमा निस्कने परम्पराअनुसार भारतीय विदेश सचिव मिश्री नेपाल आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    भ्रमणका अवसरमा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने र पारस्परिक हितका विषयमा दुई पक्षबीच कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    उहाँ भोलि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


    आइतवार, श्रावण २७ २०८११०:५९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij