काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी रहनेछ । बैठक बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा शुरु हुनेछ ।
हिजोदेखि शुरु भएको बैठकमा नेताहरूले वैचारिक, राजनीतिक र सांगठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बंगलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गर्नुभएको थियो भने संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलहरूबीच भएको सहमतिबारे जानकारी गराउनुभएको थियो ।