Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सेयर बजारः नेप्सेमा सामान्य वृद्धि, यस्तो छ आजको कारोबार

सेयर बजारः नेप्सेमा सामान्य वृद्धि, यस्तो छ आजको कारोबार

  • बिहिवार, श्रावण २४ २०८१

  • 589
    SHARES

  • सेयर बजारः नेप्सेमा सामान्य वृद्धि, यस्तो छ आजको कारोबार

    काठमाडौं। सेयर बजार परिसूचक नेप्से आज ६.७० अंकले बढेर २७६६.३८ विन्दूमा पुगेको छ। आज कुल ५ करोड ९ लाख ४६ हजार कित्ता सेयर किनबेच हुँदा २० अर्ब ७ करोड ४ लाख रूपैयाँको कारोबार भएको छ। आज कुल ७९ कम्पनीको सेयर मूल्य बढ्यो भने १५९ कम्पनीको मूल्य घट्दा ४ कम्पनीको मूल्य स्थिर रह्यो।

    सबैभन्दा बढी उत्पादन तथा प्रशोधन उपसमुह ४५३.८९ अंकले बढ्यो,भने जलविद्युत् २९.८७ र व्यापार १८.२३ अंकले बढ्यो। घट्ने उपसमुहमा होटल तथा पर्यटन अघि रह्यो। होटल तथा पर्यटन ९५.६१ अंकले घटेको छ भने जिवन बिमा ४०.३०, विकास बैंक ३६.०७ अंकले घट्यो।

    कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट उद्योग,मिड सोलु हाइड्रोपावर, सोना मिनरल्स एन्ड आयल र सर्वोत्तम सिमेन्टको सेयर मूल्य १० प्रतिशतले बढ्यो।एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको मूल्य ८ प्रतिशतले घट्यो।

    कारोबार रकमको आधारमा शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक अघि रह्यो। शिवम् सिमेन्टको १ अर्ब २० करोड ९० लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ७ करोड ६२ लाख रुपैयाँको सयर कारोबार भएको छ।


    बिहिवार, श्रावण २४ २०८१०४:३१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij