Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषदमा दुई मन्त्रीको वरियता हेरफेर, प्रदीपको स्थानमा बद्री तर केन्द्रीय सदस्यमात्र रहेकी राणा ७ औँ वरियतामा

मन्त्रिपरिषदमा दुई मन्त्रीको वरियता हेरफेर, प्रदीपको स्थानमा बद्री तर केन्द्रीय सदस्यमात्र रहेकी राणा ७ औँ वरियतामा

  • बिहिवार, श्रावण २४ २०८१

  • 891
    SHARES

  • मन्त्रिपरिषदमा दुई मन्त्रीको वरियता हेरफेर, प्रदीपको स्थानमा बद्री तर केन्द्रीय सदस्यमात्र रहेकी राणा ७ औँ वरियतामा

    काठमाडौं । मन्त्रिपरिषदमा दुई मन्त्रीको वरियता हेरफेर भएको छ ।

    केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको वरियता हेरफेर भएको हो ।

    यसअघि ३१ असारमा गठित मन्त्रिपरिषदमा पौडेल १४ औं, अजयकुमार चौरसिया १५ औं र पाण्डे १६ औं वरियतामा थिए ।

    कांग्रेस सहमहामन्त्रीसमेत रहेका पाण्डेलाई १४ औं वरियतामा राखेर पौडेललाई १६ औंमा राखेर प्रधानमन्त्री ओलीले वरियता हेरफेर गर्नुभएको हो । तर कांग्रेस केन्द्रीय सदस्य मात्र रहेकी आरजु राणालाई भने वरियताको सातौं नम्बरमा राखिएको छ ।

    Cabinet.jpg


    बिहिवार, श्रावण २४ २०८१०१:४१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij