Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सेयर बजारः नेप्से १०८ अंकले बढ्यो, कारोबार रकम भने खुम्चियो

सेयर बजारः नेप्से १०८ अंकले बढ्यो, कारोबार रकम भने खुम्चियो

  • बुधवार, श्रावण २३ २०८१

  • 852
    SHARES

  • सेयर बजारः नेप्से १०८ अंकले बढ्यो, कारोबार रकम भने खुम्चियो

    काठमाडौं। सेयर बजार परिसूचक नेप्से आज १०८.३५ अंकले बढेको छ। हिजो घटेको नेप्से आज भने ४.०८ प्रतिशतले बढेर दुई हजार ७५९.६७ को विन्दुमा पुगेको हो।

    आज तीन करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयर १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६२७ रुपैयाँमा कारोबार भएको छ। यो कारोबार रकम मंगलबारको तुलनामा करिब पाँच अर्ब ७७ करोडले कम हो। कारोबारमा रहेका सबै उपसमूहको समूहगत परिसूचक बढेको छ।

    आज १३ वटा उपसमूहमध्ये सबैभन्दा धेरै कमाउनेमा अन्य क्षेत्र ७.८९ र फाइनान्स क्षेत्र ७.६३ प्रतिशतले बढेको छ। होटेल, हाइड्रो र व्यापार क्षेत्रको समूहगत परिसूचक पाँच–पाँच अंकले बढेको छ।

    आज ९ वटा कम्पनीको सेयर मूल्य सर्वाधिक दश प्रतिशतले बढेको छ। सबैभन्दा धेरै सेयर मूल्य घट्नेमा एनआईसी एसिया डिबेन्चरको ३.८२ प्रतिशत रहेको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार आज २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने तीन कम्पनीको सेयर मूल्य घटेको छ।


    बुधवार, श्रावण २३ २०८१०४:५३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij