Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

काँग्रेसले पेशाकर्मी तथा बुद्धिजिविहरुको कुरा सुन्छ: डा संग्रौला

काँग्रेसले पेशाकर्मी तथा बुद्धिजिविहरुको कुरा सुन्छ: डा संग्रौला

  • बुधवार, श्रावण २३ २०८१

  • 682
    SHARES

  • काँग्रेसले पेशाकर्मी तथा बुद्धिजिविहरुको कुरा सुन्छ: डा संग्रौला

    काठमाडौँ । नेपाली काँग्रेसको पेशागत तथा बुद्धिजिवि विभागकी प्रमुख डा. डिला संग्रौलाले पेशाकर्मी तथा बुद्धिजिविहरुको कुरा नेपाली काँग्रेसले सुन्ने बताउनु भएको छ ।

    “बुद्धिजिविहरु समाजका मार्गदर्शक हुन, उनीहरुको कुरा नेतृत्व र राज्यले सुन्नु पर्छ,” नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा उहाँले भन्नुभयो ।

    लामो समय प्राध्यापन पेशाबाट राजनीतिमा सक्रिय डा संग्रौलाले प्राध्यापक, पत्रकार, वकिल, चिकित्सक लगायतका पेशाकर्मी तथा बुद्धिजिविहरुलाई निष्पक्ष सुझाव दिने र आलोचना गर्ने वातावरण सृजना गर्नुपर्ने खाँचो औँल्याउनु भयो ।

    नेपालमा राजनीतिक प्रभावमा परेर बुद्धिजिविहरुले पनि निष्पक्ष सुझाव दिन नसकेको टिप्पणी भइरहेका बेला उहाँले स्वार्थ र प्रभावभन्दा माथी रहेर बोल्ने बुद्धिजिविहरुको संख्या बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

    काँग्रेस केन्द्रीय सदस्य समेत रहनु भएकी डा. संग्रौलाले भन्नुभयो “बुद्धिजिविहरु कसैका कार्यकर्ता होईनन्, उनीहरु स्वतन्त्र हुनुपर्छ, उनीहरुको कुरालाई सबैले सुन्नु पर्छ ।”

    आफूले पेशागत तथा बुद्धिजिवि विभागको जिम्मेवारी पाएकाले अव सबै पेशाकर्मी तथा बुद्धिजिविहरुसँग निरन्तर अन्तरक्रिया गरेर समाज, देश र पार्टीका लागि सुझावहरु संकलन गर्ने योजना बनाएको पनि उहाँले जानकारी दिनुभयो । काँग्रेस सभापति शेरबहादुर देउवाले गत सोमबार ३७ ओटा नयाँ केन्द्रीय विभागका प्रमुखहरु नियुक्त गर्नु भएको थियो ।


    बुधवार, श्रावण २३ २०८१०८:११:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij