Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

जनता जव निराश हुन्छन् तव बंगालादेशको अवस्था नआउला भन्न सकिन्नः डा.नारायण खड्का

जनता जव निराश हुन्छन् तव बंगालादेशको अवस्था नआउला भन्न सकिन्नः डा.नारायण खड्का

‘सरकारको पहिलो प्राथमिकता देश र जनता हुनुपर्छ’
  • मंगलवार, श्रावण २२ २०८१

  • 657
    SHARES

  • जनता जव निराश हुन्छन् तव बंगालादेशको अवस्था नआउला भन्न सकिन्नः डा.नारायण खड्का

    काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर नारायण खड्काले देश र जनताप्रतिको जिम्मेवारीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न वर्तमान सरकारलाई सुझाव दिनुभएको छ ।

    पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका नेता खड्काले जनता जव निराश हुन्छन् तव बंगालादेशको अवस्था नआउला भन्न नसकिनेतर्फ संकेत गर्नुभयो । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले हिजो राजीनामा दिएर भारत पुग्नुभएको छ । देशमा प्रदर्शन चर्किँदै गएपछि उहाँले राजीनामाको घोषणा गरेर भारत पुग्नुभएको हो ।

    त्यहाँ केहि मनिादेखि आन्दोलन निरन्तर भइरहेको छ । आन्दोलनकारीले प्रधानमन्त्रीकै निवासमा प्रवेश गरेर प्रदर्शन गरिरहेका छन् । यहि प्रसंगमा नेता खड्काले जनता धेरै निराश भइरहेको परिप्रेक्षेमा अबको सरकारको पहिलो प्राथमिकता नै जनता र विकास हुनुपर्नेमा जोड दिनुभएको छ ।

    वर्तमान सरकारले अबका कामहरु सावधानीपूर्वक गर्नुपर्ने पनि नेता खड्को भनाइ छ । जनतामा छाएको व्यापक निराशा र अविश्वासलाई चिर्न सक्नुपर्नेमा जोड दिँदै उहाँले सरकार छ भन्ने अनुभुति दिलाउनुपर्नेसमेत स्पष्ट पार्नुभयो । बोलेर नभइ काम गरेर देखाउन पनि उहाँको आग्रह छ ।


    मंगलवार, श्रावण २२ २०८१०९:१५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij