Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

जिम्मेवार मिडियाले नागरिकको सम्मान जोगाउँछ : राष्ट्रपति पौडेल

जिम्मेवार मिडियाले नागरिकको सम्मान जोगाउँछ : राष्ट्रपति पौडेल

  • सोमवार, श्रावण २१ २०८१

  • 536
    SHARES

  • जिम्मेवार मिडियाले नागरिकको सम्मान जोगाउँछ : राष्ट्रपति पौडेल

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मिडियाको जिम्मेवार भूमिकाबाट मात्र आम नागरिकको मर्यादा र सम्मान जोगिने बताउनुभएको छ। त्यसका लागि प्रेस काउन्सिल नेपालको भूमिका अहम् हुने उहाँले बताउनुभयो।

    सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा काउन्सिलका पदाधिकारीसँग भेट्दै उहाँले नयाँ मिडियासहितले ल्याएका चुनौतिलाई सम्बोधन गर्ने गरी काउन्सिलले आफ्ना गतिविधि केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो।

    काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितको टोलीले नेपाली मिडियामा देखिएका पछिल्ला प्रवृत्ति, समस्या, नयाँ प्रयोगबारे संक्षिप्त रुपमा अवगत गराएको थियो।

    अध्यक्ष बस्नेतले युट्युवसहित सामाजिक सञ्जालमार्फत चलेका सञ्चारमाध्यमलाई नियमन गर्न काउन्सिलले विभिन्न कार्य गर्दै आएको जानकारी दिनुभयो ।अबको पत्रकारिताको धार समाधानमुखी र रचनात्मक बनाउन विभिन्न संवाद श्रृङ्खलाहरु काउन्सिलले थालेको उहाँले बताउनुभयो ।

    भेटमा काउन्सिलका तर्फबाट अध्यक्ष बस्नेत, बोर्ड सदस्यहरु दुर्गा भण्डारी पौडेल, लालबाबु शेष, रामप्रसाद दाहाल र मुख्य अधिकृत झबिन्द्र भुसाल हुनुहुन्थ्यो । साथै राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेल भेटमा सहभागि हुनुहुन्थ्यो ।


    सोमवार, श्रावण २१ २०८१०७:३५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij