Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

काभा महिला भलिबलमा नेपालको ऐतिहासिक जित

काभा महिला भलिबलमा नेपालको ऐतिहासिक जित

  • आइतवार, श्रावण २० २०८१

  • 905
    SHARES

  • काभा महिला भलिबलमा नेपालको ऐतिहासिक जित

    काठमाडौं । नेपाली महिला भलिबल टोलीले पहिलो पटक भारतमाथि जित निकाल्दै इतिहास रचेको छ ।

    नेपालले काभा महिला भलिबल नेसन्स लिगमा शनिबार भारतमाथि ३–२ को सेटमा सफलता निकाल्दै ऐतिहासिक जित दर्ता गरेको हो ।

    महिला भलिबलमा नेपालको यो भारतविरुद्ध पहिलो जित हो । यसअघि नेपालले सन् २०१९ मा घरेलु मैदानमै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग)को फाइनलमा व्यहोरेको हारको बदलासमेत लिएको छ ।

    बलियो टोली भारतविरुद्धको जितसँगै नेपालले प्रतियोगिताको लिगचरणमा शिर्षमा स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । जितसँगै नेपालले दुई खेलबाट पाँच अंक बटुल्यो । भारत तेस्रो खेलबाट सात अंक जोड्दै शिर्ष स्थानमा छ ।

    प्रतियोगितामा नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्दैछन् । नेपाल लिगको शिर्ष स्थानमा रहँदै फाइनलमा पुग्न बलियो दाबेदारी प्रश्तुत गर्ने लक्ष्यमा छन् ।


    आइतवार, श्रावण २० २०८१०७:२६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij