काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र भारत भिड्दै छन्। खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा दिउँसो ३ बजे शुरु हुनेछ ।
नेपालको यो दोस्रो खेल हो। भारत लगातार तेस्रो खेल हो। शुक्रबार भारतले माल्दिभ्सलाई ३(० को सोझो सेटमा पराजित गरेको थियो।
प्रतियोगिता साउन २३ गतेसम्म चल्नेछ।