Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

भोटो जात्रामा आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

भोटो जात्रामा आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

  • शुक्रवार, श्रावण १८ २०८१

  • 828
    SHARES

  • भोटो जात्रामा आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा
    काठमाडौं । सरकारले साउन २० गते आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । 
     
    नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौंमा उपत्यकाका तीन जिल्लामा सार्वजनिक विदा दिने व्यवस्था भएको गृह मन्त्रालयले जनाएको छ ।
     
    मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, ‘‘ मिति २०८१ साल साउन २० गते आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ जिल्लाहरूमा सार्वजनिक विदा दिने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’
     
    यसदिन राष्ट्रपतिको उपस्थितिमा गुठी संस्थानको प्रतिनिधिले रथको चारै दिशामा भोटो देखाउने गरिन्छ। मच्छिन्द्रनाथ रथ ललितपुरको जाउलाखेलमा पुर्‍याइएको छ।
     
    Home-minsitry-bida.jpg


    शुक्रवार, श्रावण १८ २०८१०३:२४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij