Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

काँग्रेससँगको सम्वन्ध नतोड्न सुझाव दिँदा पनि प्रचण्डले मान्नुभएन: जनार्दन शर्मा

काँग्रेससँगको सम्वन्ध नतोड्न सुझाव दिँदा पनि प्रचण्डले मान्नुभएन: जनार्दन शर्मा

  • शुक्रवार, श्रावण १८ २०८१

  • 1.6K
    SHARES

  • काँग्रेससँगको सम्वन्ध नतोड्न सुझाव दिँदा पनि प्रचण्डले मान्नुभएन: जनार्दन शर्मा

    काठमाडौं । नेकपा माओवादीका उपमहासचिव जनार्दन शर्माले काँग्रेससँगको सम्वन्ध नतोड्न सुझाव दिँदा पनि प्रचण्डले नमानेको खुलासा गर्नु भएको छ ।

    माओवादीका नेताहरुले कार्यकर्ताको कुरा नसुन्दा अहिलेको अवस्थामा पुग्नु परेको उहाँको भनाई थियो । नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा नेता शर्माले माओवादीलाई काँग्रेससँगको सहकार्य नै सजिलो र लाभदायक हुने पुष्टि भएको तर्क गर्नुभयो ।

    उहाँले पार्टीमा अहिलेको नेतृत्वले ४० बर्षदेखि धेरै योगदान गरेकाले अव नेतृत्वबाट स्वेच्छीक अवकास लिनुपर्नेमा जोड दिनुभयो ।
    “हामीले पार्टी र देशका लागि धेरै योगदान गरिसकेका छौँ, अव हामी थाक्यौँ, त्यसैले माओवादीका पदाधिकारी सबैले राजीनामा दिउँ र सल्लाहकार बनौँ, नयाँ पुस्तालाई जिम्मेवारी सुम्पौँ, हामीले छोडौँ,” नेता शर्माले भन्नुभयो ।

    उहाँले पदाधिकारी सबैले राजीनामा दिएर तेस्रो पुस्तालाई पार्टी हस्तान्तरण गरेर आफूहरु सल्लाहकार बन्न पार्टीमा औपचारिक रुपमा प्रस्ताव राखेको पनि जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “हामी बुढा भयौँ, अनुभव त भएको छ, त्यो अनुभव नयाँ पुस्ताका लागि उपयोग गर्नुपर्छ, हामीले अवसर पनि पायौँ, थकान पनि भयो, भूमिका फेर्नुपर्छ ।”

    नयाँ पुस्ताहरुलाई समेट्नु पर्ने अहिलेको आवश्यकता भएको तर्क गर्दै उहाँले नयाँ पुस्ताको भावना पुराना नेताहरुले बुझ्न नसक्ने उहाँको दावी छ ।


    शुक्रवार, श्रावण १८ २०८१०८:४४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij