Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नवनियुक्त तीन जना प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त तीन जना प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ

  • बिहिवार, श्रावण १७ २०८१

  • 881
    SHARES

  • नवनियुक्त तीन जना प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । नवनियुक्त तीन जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले तीनै जना प्रदेश प्रमुखलाई शपथ गराउनुभएको हो ।

    समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाग्मतीमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा बझाङका यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।


    बिहिवार, श्रावण १७ २०८१०७:०८:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij