Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

तीन प्रदेश प्रमुखहरुले आज शपथ लिँदै

तीन प्रदेश प्रमुखहरुले आज शपथ लिँदै

  • बिहिवार, श्रावण १७ २०८१

  • 896
    SHARES

  • तीन प्रदेश प्रमुखहरुले आज शपथ लिँदै

    काठमाडौं। नवनियुक्त तीन जना प्रदेश प्रमुखहरुले आज पद तथा गोपनीयताको शपथ लिनु हुने भएको छ। आज राष्ट्रपति निवास शीलत निवासमा साँझ ५ बजेका लागि शपथ कार्यक्रम हुने तय भएको छ।

    हिजो राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १६३ को उपधारा २ बमोजिम बागमती प्रदेशमा दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गर्नु भएको थियो।

    गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

    यसअघि बागमती प्रदेश प्रमुखमा नेकपा एकीकृत समाजवादीका यादव चन्द्र शर्मा, लुम्बिनी प्रदेश प्रमुखमा नेकपा माओवादी केन्द्र निकट अमिक शेरचन र कर्णाली प्रदेश प्रमुखमा नेकपा माओवादी केन्द्रकै तिलक परियार रहेका थिए।


    बिहिवार, श्रावण १७ २०८१०४:४७:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij