Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने प्रधानमन्त्रीको घोषणा

सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने प्रधानमन्त्रीको घोषणा

  • बिहिवार, श्रावण १७ २०८१

  • 735
    SHARES

  • सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने प्रधानमन्त्रीको घोषणा

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नराख्ने घोषणा गर्नुभएको छ ।

    आज बिहान सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म कुनै पनि पार्टीका बैठक सरकारी निवास बालुवाटारमा नराख्ने घोषणा गर्नुभएको हो ।

    एमालेले आज सचिवालय बैठक बोलाएको छ । तर, सोमबार राति आएको भीषण वर्षाले पार्टी मुख्यालय च्यासलमा पानी पसेपछि आजको बैठक होटल बसेरामा राखिएको छ ।

    ओलीले लेख्नुभएको छ:

    शुभ बिहानी!
    सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु।
    आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।
    धन्यवाद !

     


    बिहिवार, श्रावण १७ २०८१०८:४५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij