Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

एमालेको सचिवालय बैठक आज बस्दै

एमालेको सचिवालय बैठक आज बस्दै

  • बिहिवार, श्रावण १७ २०८१

  • 441
    SHARES

  • एमालेको सचिवालय बैठक आज बस्दै

    काठमाडौं । नेकपा एमालेको सचिवालयको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे हनुमानस्थानस्थित होटेल बसेरामा बस्नेछ।

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने छ। गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो।

    सोही निर्णयानुसार कार्यविभाजन सम्बन्धि मापदण्ड बनाएर सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो ।


    बिहिवार, श्रावण १७ २०८१०७:५७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij