Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

नवनियुक्त प्रदेशप्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै

नवनियुक्त प्रदेशप्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै

  • बिहिवार, श्रावण १७ २०८१

  • 517
    SHARES

  • नवनियुक्त प्रदेशप्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै

    काठमाडौं । नवनियुक्त प्रदेशप्रमुखहरूले आजबिहीबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शीतलनिवासमा साँझ ५ बजे उनीहरूको शपथ कार्यक्रम तय भएको छ।

    बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रदेशप्रमुखको शपथ लिन लागेका हुन्।

    मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उनीहरूलाई बुधबार प्रदेशको प्रमुख नियुक्त गरेका थिए।

     


    बिहिवार, श्रावण १७ २०८१०७:५४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij