Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

म अहिले पनि पार्टीको महामन्त्री नै हुँ: मुकुल ढकाल

म अहिले पनि पार्टीको महामन्त्री नै हुँ: मुकुल ढकाल

  • बुधवार, श्रावण १६ २०८१

  • 635
    SHARES

  • म अहिले पनि पार्टीको महामन्त्री नै हुँ: मुकुल ढकाल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त भएका मुकुल ढकालले आफू अहिले पनि पार्टीको महामन्त्री नै भएको बताउनुभएको छ ।

    निर्वाचन आयोगको अभिलेखमा आजसम्म पनि महामन्त्री नै भएको बताउँदै ढकालले आफू बिनाको बैठक बस्नै नपाउने यदि बसिहाले आधिकारिक नहुने समेत जिकीर गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै ढकालले कुनै पनि निर्णयको प्रमाणिकरण महामन्त्रीको हस्ताक्षर बिना नहुने भएकाले साधारण सदस्यबाहेक सबै पदबाट निष्काशन गरिएको भन्ने बैठकको निर्णयमा आफ्नो हस्ताक्षर नै नभएकोले त्यो बैठक आधिकारिक नभएको स्पष्ट पानुभएको छ ।

    यस्तै निर्वाचन आयोगले आफूलाई न्याय दिनेमा ढुक्क भएको उहाँको भनाइ छ । ढकालले यहि साउन १३ गते आइतबार आफूमाथि भएको कारबाही अवैधानिक भन्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।

    ढकाललाई पार्टी केन्द्रीय समितिको बैठकले गत असार २५ गते पदबाट हटाएको थियो । उक्त निर्णय वैधानिक नभएको दाबी गर्दै ढकालले निर्वाचन आयोगमा निवेदन दिनुभएको हो ।

    पदीय भूमिकाबाट मुक्त गरेको पार्टीले आफूलाई औपचारिक पत्र हालसम्म नदिएको निवदेनमा लेख्नु भएकोछ । पार्टीले ढकाललाई कारबाहीमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन निवेदन दिनसक्ने निर्णय लिएको छ ।


    बुधवार, श्रावण १६ २०८१०८:५३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij