Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सहकारी प्रकरणमा रवि लामिछाने दोषी ठहरिए सजायबाट उम्किन पाउँदैनन्: मीन बिश्वकर्मा

सहकारी प्रकरणमा रवि लामिछाने दोषी ठहरिए सजायबाट उम्किन पाउँदैनन्: मीन बिश्वकर्मा

  • मंगलवार, श्रावण १५ २०८१

  • 617
    SHARES

  • सहकारी प्रकरणमा रवि लामिछाने दोषी ठहरिए सजायबाट उम्किन पाउँदैनन्: मीन बिश्वकर्मा

    काठमाडौं । नेपाली कांग्रेसका नेता मीन बिश्वकर्माले सहकारीको रकम हिनामिना प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने दोषी ठहरिए सजायबाट उम्किन नपाउने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका नेता विश्वकर्माले पहिले लामिछाने स्वयम् अनुसन्धान गर्ने निकायको उच्च ओहदा गृहमन्त्रायमा भएको कारण रोकिएको अनुसन्धान अब भने प्रहरीले निष्पक्ष अगाडि बढाउने बताउनुभएको छ ।

    यदि अनुसन्धनमा लामिछाने दोषी ठहरिए कानुनी कारवाहीमा आउने निर्दोष सावित भए उन्मुक्ति पाउने स्पष्ट पार्नुभयो । यस्तै नेता विश्वकर्माले यो प्रकरणकमा अहिलेको सरकारले गहिराइमा पुगेर काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    सहकारीको रकम हिनामिना प्रकरणमा पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति लामिछानेको नाम जोडिएको छ । लामिछानेका विरुद्ध विभिन्न प्रमाणहरु सार्वजनिक भइरहेका छन् भने लामिछानेले आफू यो प्रकरणमा दोषी नभएको बताउँदै आइरहनुभएको छ ।

    सहकारी प्रकरणको छानविनका लागि संसदीय छानबिन विशेष समिति बनाइएको छ । समितिलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय दिइएको छ ।

    समितिले यस प्रकरणकाबारेमा विभिन्न सरोकारवाला, पीडित व्यक्तीलगायतसँग छलफल पनि गरिसकेको छ ।

    समितिले लामिछानेलाई पनि बोलाउने तयारी समेत गरेको छ । गोर्खा मिडिया नेटवर्कसँग मागिएका कागजात प्राप्त भइनसकेकोले लामिछानेलाई बोलाउन ढिलाइ भइरहेको समितिले जनाएको छ ।


    मंगलवार, श्रावण १५ २०८१०९:३२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij