Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

बागमती प्रदेशका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

बागमती प्रदेशका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

  • मंगलवार, श्रावण १५ २०८१

  • 348
    SHARES

  • बागमती प्रदेशका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

    काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाले आज विश्वासको मत लिने हुनु भएको छ ।

    नेकपा एमालेको सर्मथनमा साउन ८ मा मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाली काँग्रेसका लामाले ३० दिनभित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ ।

    विश्वासको मत लिन आज दिउँसो ३ बजेका लागि संसद् बैठक आह्वान गरिएको छ । मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १ सय ६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सांसदबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।

    मुख्यमन्त्री लामालाई एमालेका २७ र काँग्रेसका ३७ सांसद गरी ६४ जनाको समर्थन रहेको छ । पहिलो पटक काँग्रेसबाट सरकारको नेतृत्व लिनुभएका लामाले शनिबार मात्रै १४ सदस्यीय मन्त्रिपरिषद् बनाएर सरकारलाई पूर्णता दिनुभएको थियो ।


    मंगलवार, श्रावण १५ २०८१०९:२८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij