Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

  • मंगलवार, श्रावण १५ २०८१

  • 298
    SHARES

  • प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।

    त्यसैगरी बैठकमा सभामुखले संघीय संसद्को संयुक्त बैठक र ९संयुक्त समिति कार्य सञ्चालन० नियमावली, २०८० को नियम २८ को उपनियम ९२० बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रहने सदस्यको नाम प्रस्ताव गर्ने कार्यसूची छ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।

     

     


    मंगलवार, श्रावण १५ २०८१०७:४६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij