Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

शान्तीश्री, प्रीति, भागिरथलगायतका कलाकारले गाएका पाँच तीज गीत प्रतिबन्ध

शान्तीश्री, प्रीति, भागिरथलगायतका कलाकारले गाएका पाँच तीज गीत प्रतिबन्ध

  • सोमवार, श्रावण १४ २०८१

  • 1.4K
    SHARES

  • शान्तीश्री, प्रीति, भागिरथलगायतका कलाकारले गाएका पाँच तीज गीत प्रतिबन्ध
    काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले पाँचवटा तीज गीतलाई प्रतिबन्ध लगाएको छ । आगामी तीजलाई लक्षित गर्दै बजारमा ल्याइएका ‘दिउँला बरिलै’, ‘मादलु घन्काउँदै’, ‘टिकटकमा भाइरल हल्लाएरै’, ‘बिस्ताराले पोल्यो’, ‘चियर्स बियर’ बोलका ५ गीतमाथि प्रतिबन्ध लगाइएको हो । यी गीतले तीजको मौलिक परम्परा माथि प्रहार गरेको र धर्म, संस्कृति र सिङ्गो संगीत क्षेत्रलाई ठुलो क्षति पुर्‍याउने  देखिएको भन्दै प्रतिबन्ध लगाएको हो ।
     
    ‘हिन्दु नेपाली महिलाहरूको महान् पर्व ‘हरितालिका तीज– २०८१’लाई लक्षित गर्दै सार्वजनिक भएका विकृतिजन्य गीतहरूप्रति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ‘राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल स्थापना कालदेखि नै गीत सङ्गीतको क्षेत्रमा मौलिक गीतहरूलाई प्रोत्साहन र विकृतिजन्य गीतहरूको खबरदारी गर्दै आएको संस्था हो । त्यसैले गीतहरूलाई प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको कुरा हाम्रा सम्पूर्ण सदस्य एवम् सञ्चारकर्मीहरूमा जानकारी गराउँदछौ ।’ ‘राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल’ले देशभरका सम्पूर्ण सञ्चारकर्मी तथा सञ्चारमाध्यममा यस्ता विकृतिजन्य गीतहरूलाई स्थान नदिनसमेत अनुरोध गरेको छ । 
     
    ‘राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल’ ‘दिउँला बरिलै’ कविता खत्री र भागिरथ चलाउनेको स्वर रहेको छ, भने ‘मादलु घन्काउँदै’मा प्रीति आलेको स्वर छ ।
     
    त्यस्तै ‘टिकटकमा भाइरल हल्लाएरै हो’ मा केशर ओली र सुमन थापाको स्वर, ‘बिस्ताराले पोल्यो’ मा शान्तिश्री परियार र हरि गिरीको स्वर र ‘चियर्स बियर’मा प्रीति आले र प्रकाश शर्माको स्वर रहेको छ ।
     


    सोमवार, श्रावण १४ २०८१०४:२७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij