काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक सङ्कट देखापर्न सक्ने भन्दै सामना गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । मन्त्रिपरिषद्को बैठकमा पार्टी र सरकारले बेहोरिरहेको जटिलताबारे बताउँदै उहाँले अझै ठूलो सङ्कट सम्मुखमा रहेको बताएको एक मन्त्रीले बताएका छन् ।
प्रधानमन्त्री ओलीले बुधबार प्रदेश –१ का आफू निकट नेताहरूसँग जनताको बहुदलीय जनवादको बहस सुरु गर्न निर्देशन दिनुभएको थियो । बुधबार नै ओलीले एक कार्यक्रममा आफूले राजीनामा दिएर देशलाई बर्बाद नपार्ने बताउनुभएको थियो ।